बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ओलीको स्वागतार्थ खोटाङका केन्द्रीय सदस्यलाई ३० हजारको भार

सोमबार, ०७ चैत २०७८, १३ : १३
सोमबार, ०७ चैत २०७८

एमाले अध्यक्ष केपी शर्मा ओली आगामी चैत १९ गते पूर्वी पहाडी जिल्ला खोटाङ जाने भएका छन् । नेकपा एमाले खोटाङले आयोजना गरेको स्थानीय तह निर्वाचन लक्षित जनसभालाई सम्बोधन गर्न अध्यक्ष ओली चैत १९ मा त्यसतर्फ जान लागेका हुन् ।

ओलीले सम्बोधन गर्ने उक्त कार्यक्रम व्यवस्थापनका लागि एमाले खोटाङले जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय कमिटी सदस्य, प्रदेश कमिटी सदस्यहरु,जिल्ला कमिटीका पदाधिकारीहरु र सदस्यहरुलाई आर्थिक दायित्व तोकेको छ । 

जिल्ला कमिटी खोटाङले जारी गरेको सर्कुलरमा जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय कमिटी सदस्यले ३० हजार, प्रदेश कमिटी सदस्यले १० हजार, जिल्ला कमिटी पदाधिकारीलाई १० हजार र सचिवालय सदस्यलाई ५ हजार रुपैयाँ आर्थिक दायित्व बेहोर्नुपर्ने उल्लेख छ । त्यस्तै जिल्ला कमिटी सदस्यले २ हजार र जिल्ला सल्लाहकार सदस्यले १ हजार आर्थिक दायित्व बेहोर्न भनिएको छ । जनसभा सदरमुकाम दिक्तेलमा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप