मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

सर्लाहीमा जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

मङ्गलबार, ०८ चैत २०७८, ११ : १७
मङ्गलबार, ०८ चैत २०७८

सर्लाहीको गोडैता नगरपालिका–१० मा सोमबार राति जिपको ठक्करबाट एक जना पैदलयात्री मृत्यु भएको छ । ठक्करबाट एक जना पैदलयात्री गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा भारत घर भई हाल सर्लाहीको गोडैतास्थित माइतीमा बस्दै आएकी ४० वर्षिया रंजिता देबी मंण्डल रहेकी छिन् । उनको अस्पताल लैजाँदै गर्दा बाटोमानै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही दुर्घटनामा ६५ वर्षीया जयकलिया देवी मण्डल गम्भीर घाइते भएकी छिन् । उनको मलंगवा स्थित प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ । गएराति साढे ९ बजे भारतीय नम्बरको जिपले पैदलयात्रीद्धयलाई एकैसाथ ठक्कर दिएको हो । जिप सहित चालकलाई नियन्त्रणमा लिएको प्रहरी चौकी गोडैताले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप