‘२ नम्बरी’ मा सौगातसँग उपासनाको रोमान्स
फिल्म ‘२ नम्बरी’ मा अभिनेत्री उपासना सिंह ठकुरी भित्रिएकी छन् । केही दिन अगाडि अभिनेत्री बर्षा राउत हटाएर निर्माण युनिटले उनको स्थानमा उपासना भित्र्याएको हो । अभिनेत्री उपासनाले फिल्ममा भित्रन पाउँदा आफूलाई खुशी लागेको प्रतिक्रिया पाइन् । ‘सौगात मल्ल दाइसँग काम गर्ने ठुलो सपना थियो । त्यो पुरा हुँदैछ’ उनले भनिन् ‘फिल्मको टिम, कथावस्तु मन परेपछि मैले काम गर्ने निर्णय गरेकी हुँ ।’
फिल्ममा अब दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी र भुटानी नायिका उगेन छोदेनको मुख्य भूमिका रहनेछ । आउँदो वर्षको कार्तिक ४ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्मका निर्देशक दीपेन्द्र लामा हुन् ।
किरण नेपाली प्रस्तुतकर्ता रहेको फिल्मले २ साथीको कथा भन्नेछ । फिल्ममा दीपक मनाङ्गे र अमला देवी राईको लगानी रहनेछ । फिल्मका कार्यकारी निर्माता सरोज नेपाली हुन् । फिल्म यही महिनाको तेस्रो साताबाट छायांकनका निस्कने बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण