सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

बीमा अभिकर्ताको इजाजत पत्र डिजिटल माध्यमबाट नवीकरण गर्न सकिने

मङ्गलबार, ०८ चैत २०७८, १३ : २०
मङ्गलबार, ०८ चैत २०७८

बीमा अभिकर्ताहरुको इजाजत पत्र डिजिटल माध्यमबाट नवीकरण गर्न सकिने भएको छ । मंगलवार बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिको केन्द्रिय कार्यालयबाट बीमा सर्भेयर तथा बीमा अभिकर्ताको इजाजत पत्र डिजिटल माध्यमबाट नवीकरण गर्ने कार्यको शुभारम्भ गरेका हुन् । 

 यससँगै ३ लाखभन्दा बढी बीमा अभिकर्ता र २ हजारभन्दा बढी बीमा सर्भेयरहरुले आफ्नो इजाजत पत्र डिजिटल माध्यमबाट नवीकरण गर्न सक्ने भएका हुन् । शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले बीमा शाखाहरु सधैँ व्यस्त रहने र अभिकर्ताहरुको इजाजत पत्र नवीकरण गर्न पनि झन्झटिलो हुने गरेकाले डिजिटल माध्यम अपनाइएको बताए ।  यस सुविधाअन्तर्गत अब अभिकर्ताहरुले आफ्नो कम्प्युटर र मोवाइलमार्फत् सजिलै नवीकरण गर्न सकिने उल्लेख गरे । 

अध्यक्ष सिलवालले डिजिटल नवीकरण प्रक्रियालाई पनि गुनासोरहित बनाउनका लागि सम्बन्धित सबैको ध्यान जानुपर्ने बताए ।  सेवाग्राहीलाई सहज सेवा प्रदान गर्नुपर्नेमा अझै जोड दिनुपर्ने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप