शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

रातो साडीमा करिश्मा ‘कामरेड !’

मङ्गलबार, ०८ चैत २०७८, १३ : ४७
मङ्गलबार, ०८ चैत २०७८

अभिनेत्री करिश्मा मानन्धर नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा प्रवेश गर्दैछिन् । ‘वकल्पिक राजनीति’ गर्दै बाबुराम नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीतिक इनिङको सुरुवात गरेकी करिश्मा अब कम्युनिस्ट पार्टीमा समाहित हुन लागेकी हुन् । 

काठमाडौँको कार्की ब्याङ्क्वेटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले करिश्मालाई पार्टीमा प्रवेश गराएका छन् । पार्टीमा भित्रिएसँगै उनी आधिकारिक रुपमा ‘कामरेड’ बनेकी छन् । मानन्धरसँगै पूर्वमन्त्री प्रेमबहादुर सिंहको नेतृत्वको समाजवादी जनता पार्टी पनि एमालेमा समाहित भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप