तराई ठगी खाने भाँडो भयो : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तराई ठगी खाने भाँडो भएको आरोप लगाएका छन् । मंगलबार राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले तराई मधेसका मुद्दाका नाममा कतिपयले जनतालाई ठग्ने काम गरेको बताए ।
उनले भने, ‘द्वन्द्व उद्योग स्थापना गरियो नेपालमा, त्यसलाई एमालेले प्रतिवाद गर्यो ।’ सिङ्गो देश हाम्रो हो, हामीले हाम्रो देशको उन्नति गर्न पाउनुपर्छ भन्ने एमालेको मान्यता रहेको उनको भनाइ छ । उनले देशमा काम गर्ने मान्छे नपाएको अवस्थामा युवाहरु विदेशिएको भन्दै युवालाई स्वदेशमै बस्न आग्रह गरे । ‘विदेश जान होइन, देशकै विकासको काम गर्न युवालाई प्रोत्साहित गर्नुपर्छ,’ उनले भने, ‘स्वदेशमै बसौं, स्वदेशकै विकास गरौं । स्वदेशलाई नै समृद्ध बनाऔं । अब विदेश नजाऔँ ।’ तराईको विकासमा आफूले सरकारमा रहँदा विशेष ध्यान दिएको उनले बताए । शिक्षा, स्वास्थ्य, बाटो लगायतका विषयमा आफूले प्रशस्त काम गरेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण