हट्यो वर्षाको बिकिनी तस्बिर
मङ्गलबार, ०८ चैत २०७८, १५ : २३
अभिनेत्री वर्षा सिवाकोटीले फेसबुकमा सेयर गरेको केही तस्बिर डिलिट गरेकी छिन् । वर्षाले हरियो रङको स्विमसुट लगाएका केही तस्बिर आफ्नो फेसबुक र इन्स्टाग्राममा सार्वजनिक गरेकी थिइन् । उनले ती तस्बिर अमेरिका भ्रमणमा रहेका बेला समुद्री तटमा खिचेकी थिइन् ।
तर वर्षाको बिकिनी तस्बिरमा नकारात्मक कमेन्टको वर्षा नै भयो । कतिले त्यसमा भद्दा कमेन्टसमेत गरे, धेरैले तथानाम भने । यी तस्बिरमा धेरैले उनको र राज कट्वालबीचको सम्बन्धको कुरासमेत झिके ।
यस्ता नकारात्मक कमेन्टको बाढी आएको उनको बिकिनी तस्बिरसहितको पोस्टलाई वर्षाले अन्ततः डिलिट गरेकी छिन् । वर्षाले फेसबुक र इन्स्टाग्राम दुबैबाट यी सबै तस्बिर हटाइदिएकी छिन् । वर्षाले नकारात्मक कमेन्ट गर्ने केहीविरुद्ध कानुनी उपचारसमेत गर्ने बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण