‘हेल्लो जिन्दगी’को ‘अनौँठो माया’मा रोमान्टिक मूडमा बिक्रम र दीपिका
चैत्र १८ गतेबाट प्रदर्शनमा आउने फिल्म हो ‘हेल्लो जिन्दगी’ । फिल्मले प्रदर्शन मिति नजिकिदै गर्दा आफ्नो प्रचार समेत तीव्र पारेको छ । यस्तैमा फिल्मले मंगलबार राजधानीमा एक प्रेसमिट गरि ‘अनौँठो माया’ बोलको रोमान्टिक गीत सार्वजनिक गरेको छ ।
एड्रिन प्रधान र रजिना रिमालको स्वरमा रहेको गीतमा फिल्मका मुख्य कलाकार अभिनेता बिक्रम डि जोशी र दीपिका प्रसाईं फिचर गरिएको छ । निर्देशक बोहराकै शब्द र अमित श्रेष्ठको संगीत रहेको गीतको कोरियोग्राफी बलिउडका कोरियोग्राफर बिष्णु देवाले गरेका हुन् । कार्यक्रममा निर्देशक बोहराले फिल्मका दुई अभिनेत्री प्रियंका कार्की र दीपीका प्रसाईंले प्रमोशनमा साथ नदिएकोमा चित्त दुखाए ।
‘उहाँहरुले प्रमोशनमा साथ दिनु भएन,’ उनले भने,‘हामीले पटकपटक सम्पर्क गर्दा समेत रेस्पोन्स गर्नुभएन ।’ निर्देशक बोहराले नायिकाहरुले न्युनतम ब्याबसायिक धर्म पनि निर्वाह नगरे तापनि आफूहरु बिचलीत नभएको,बरु आगामी दिनमा यसखालका गैरजिम्मेवार कलाकार लिनु अघि धेरै बिचार गर्ने बताए । सोही कार्यक्रममा फिल्मकी कार्यकारी निर्मात्री सृजना जोशी महर्जनले ‘हेल्लो जिन्दगी’ सत्य घटनाहरुबाट प्रभावीत भइ निर्माण गरिएकाले दर्शकको मन जित्ने बिश्वास ब्यक्त गरिन् ।
अभिनेता बिक्रमले आफूहरुले गुणस्तरीय फिल्म निर्माणमा कुनै कन्जुस्याइँ नगरेको बताए । उनले फिल्म दर्शकले मन पराउनेमा बिश्वास ब्यक्त गरे । कार्यक्रममा फिल्ममा समाबेश लोकशैलीको ‘ओखरको दाना’ बोलको गीत पनि सार्वजनिक गरिएको थियो । बेलायत र काठमाडौमा खिचिएको फिल्ममा बिक्रम र दीपिकाको अलवा प्रियंका कार्की, विल्सन बिक्रम राई, बिक्रान्त बस्नेत, एभरेष्ट सूर्य बोहरा, बिभिया श्रेष्ठ, सबिता गुरुङ, सनमकुमार बैराग, जानकी पन्त, मनोज केसी, ध्रुव दत्त, कुमुद पन्तलगायतको अभिनय छ । सत्य घटनाबाट प्रभावित फिल्मको निर्माता बिक्रम डि जोशी र हिराल जोशी हुन् भने कार्यकारी निर्मातामा सृजना जोशी महर्जन अनि सहनिर्मात्रीमा सबिता गुरुङ हुन् ।
महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्ममा डि क्रिएटिभ स्टुडियो, युके र काम्मा इन्टरटेन्मेन्ट, इन्डिया लाइन प्रोड्युसर छन् । निर्देशक बोहरा र बिक्रम डि जोशीको कथा, निर्देशक बोहरासहित अभिमन्यु निरवीको पटकथा÷सम्वाद रहेको फिल्म तथा गीत पुरुषोत्तम प्रधान र अल्बर्ट प्रसादले खिचेका हुन् । आरआर फिल्मस्ले बितरण गर्ने फिल्ममा सम्राट बस्नेतको द्धन्द्ध निर्देशन र मित्र डि.गुरुङको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण