सुख्खा पहिरोले स्काभेटर पुरियो, दाङ–सल्यान सडक अवरुद्ध
सडक निर्माणको क्रममा झरेको पहिरोले स्काभेटर पुरिँदा राप्ती लोकमार्ग अन्तर्गत दाङ सल्यान सडक खण्ड अवरुद्ध बनेको छ । मंगलबार बेलुकी करिव साढे सात बजेतिर सल्यानको कपुरकोट ३ चोरखोला नजिक छाँगामा सडक निर्माण गर्दै गर्दा माथिबाट सुख्खा पहिरो झरेर बा २ क ८०७७० नम्बरको स्काभेटर पुरिएको थियो । अहिले उक्त सडक खण्ड पूर्ण रूपमा बन्द रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाबाट स्काभेटर अपरेटर हिमनाथ योगी सामान्य घाइते छन् । पहिरो सँगै झरेको ठूला ठूला ढुंगाले स्काभेटरलाई च्यापेको छ । निकै जोखिमयुक्त स्थान भएकाले स्काभेटर निकाल्न र पहिरो पन्छाउन समस्या भइरहेको प्रहरीले जनाएको छ ।
पहिरो झरेको स्थानमा अर्को एउटा स्काभेटर भए पनि त्यसबाट सडकको अवरोध हटाउन नसकिने भएकाले दाङ तर्फबाट अर्को स्काभेटर ल्याएर पहिरो हटाउने प्रयास भइरहेको बताइएको छ । आज दिउँसो सम्ममा सडक सञ्चालनमा आउन सक्ने प्रहरीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव राख्न दिन ऐन परिमार्जन
-
इरानविरुद्ध युद्ध सुरु गर्ने निर्णय गलत ठान्छन् अधिकांश अमेरिकी
-
कांग्रेस दलका नेता थापाले भने- ‘एमालेसँगको सहकार्य टुट्यो, तीन विकल्पमा छलफल भइरहेको छ’
-
एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णयपछि लुम्बिनीमा कांग्रेसको आकस्मिक बैठक
-
वार्षिक १३ अर्ब खर्च हुँदा पनि प्रभावहीन बनेका तालिम रोक्न मन्त्रालयले स्थानीय तहलाई पत्राचार गर्ने
-
बागमती सरकारबाट एमालेका मन्त्रीले राजीनामा दिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण