निर्देशक बोहोराको गुनासो- ‘दीपिका र प्रियंकाले प्रचारमा साथ दिएनन् ’
निर्देशक एभरेष्ट सूर्य बोहोराले फिल्म ‘हेल्लो जिन्दगी’को प्रचारमा अभिनेत्री प्रियंका कार्की र दीपिका प्रसाईले साथ नदिएको गुनासो गरेका छन् । मंगलबार गीत सार्वजनिक गर्न आयोजित कार्यक्रममा उनले सो गुनासो गरेका हुन् ।
फिल्मका लागि मोटो रकम लिएर पनि रिलिजको समय प्रियंका र दीपिकाले साथ नदिएको देख्दा चित्त दुखेको समेत उनले बताए । ‘फिल्म रिलिजको समयमा कलाकारले पब्लिसिटीमा साथ नदिनु यो क्षेत्रको पुरानै रोग हो’ बोहोराले भने ‘कलाकार माथी लगानी करोडौं लगायो । प्रचार–प्रसारमा साथ नपाउँदा निर्मातालाई पीडा हुन्छ ।’ फिल्म रिलिज अगाडि सबै कलाकारको पुरै पैसा चुक्ता गरेका बोहोराले त्यसो गर्नु हुँदो रहेनछ भन्ने यो फिल्मबाट पाठ सिकेको सुनाए ।
‘विदेशमा रहेका कलाकार फिल्म प्रचारका लागि नेपाल आएछन् । काठमाडौमा भएकाको साथ छैन’ बोहोराले थपे ‘कलाकारकै कारण नेपाली फिल्म दुर्गतीको बाटोमा धकेलिएको हो ।’ ‘हेल्लो जिन्दगी’को दीपिका र प्रियंका मुख्य नायिका हुन् । १८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा यी दुबै प्रचारमा नदेखिँदा निर्माण युनिटले खल्लो महसुस गरिरहेको छ । दुई अभिनेत्रीले साथ नदिएपछि नायक विक्रम डी जोशी भने एक्लै प्रचारमा दौडिरहेका छन् ।
कार्यक्रममा निर्देशक बोहोराले फिल्म राम्रो बनेको दाबी समेत गरे ।
प्रियंका र दीपिकाको अलवा फिल्ममा विक्रम डी जोशी, विल्सन बिक्रम राई, विक्रान्त बस्नेत, एभरेष्ट सूर्य बोहरा, बिभिया श्रेष्ठ, सबिता गुरुङ, सनमकुमार बैराग, जानकी पन्त, मनोज केसी, ध्रुव दत्त, कुमुद पन्त लगायतको अभिनय छ । सत्य घटनाबाट प्रभावित फिल्मको निर्माता बिक्रम डी जोशी र हिराल जोशी हुन् भने कार्यकारी निर्मातामा सृजना जोशी रहेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण