पावर, पैसा र पोलिटिक्सको प्रभावले चुनावमा ठेस लाग्यो : एनआरएनए महासचिव डा. शर्मा
गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा. हेम राज शर्माले संस्थाको निर्वाचन प्रकृयामा पावर, पैसा, पोलिटिक्स (थ्री पी) को प्रभाव परेको बताएका छन् । शर्माले बुधवार आफ्नो सामाजिक संजाल फेसबुक टाइमलाईन मार्फत 'एनआरएनलाई थ्रीपी पावर, पैसा, पोलिटिक्स र सिमित व्यक्तिको चङ्गुलबाट निकालेर लाखौँ गैरआवासीय नेपालीहरुको साझा संगठन बनाउने अभियानमा अहिले ठेस लागेको' बताएका हुन् ।
उनले भनेका छन्, 'प्रत्येक निर्वाचनमा हाम्रो घाँटीमा तरबार राखेर भनिन्छ – कि मान नभए एनआरएनए फुटाउँछौ । अहिले घाँटीमा तरबार मात्र राखिएन, आधा घाँटी रेटियो, पेटमा छुरा रोपियो ।' उनले विश्वमै पहिलो पटक फेस भेरिफिकेशन मार्फत आफ्नै घरबाट मतदान गर्न अन्तिम तयारीमा रहेको बेला चुनाव रोकिएकोमा दुःख व्यक्त गरे ।
'कसैको प्रभावमा नपरी नेतृत्व चयन गर्ने अवसर प्रतिनिधिहरूलाई मिलेको थियो तर अहिलेलाई यो प्रकृया स्थगन भएको छु शर्माले बताए । शर्माले प्रतिनिधिहरुको सम्पूर्ण अधिकार भने अझै नखोसिएको दावी गरेका छन् । शर्माले भने 'बन्द कोठामा भएका सहमती स्वीकार गर्ने वा अस्वीकार गर्ने अधिकार अझै पनि प्रतिनिधिहरुको हातमा छ । महाधिवेशनमा उपस्थित भएर सशक्त रुपमा आफ्ना अभिव्यक्ति राख्न अनुरोध गर्दछु ।'
आफ्नो कार्यकालमा शुरु गरिएको रूपान्तरको अभियानलाई जीवन्त र पूर्णता दिन हुलमुल भित्र जाने वा बाहिरबाटै सहयोग गर्ने भन्नेमा दोसाँधमा उभिएको शर्माले बताए । गैरआवासीय नेपाली संघको सन् २०१९ मा सम्पन्न संघको निर्वाचनबाट महासचिवको बागडोर समालेका शर्माले संघभित्र संस्थागत पुनर्संरचनालाई मुख्य एजेण्डाको रुपमा ल्याएका थिए । उनकै सक्रियतामा प्रतिनिधि दर्ता निशुल्क, एमआइएस प्रणाली, स्मार्ट एनआरएनए, डिजिटल परिचयपत्र, विधान संसोधन, आर्थिक सुधार लगायतका महत्वपूर्ण काम भएका थिए । शर्माले संघको आगामी कार्यकालको लागि उपाध्यक्ष पदमा उम्मेदवार दर्ता गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला
-
समस्याग्रस्त सहकारीका ४८ बचतकर्ताले पाए १२ लाख बचत फिर्ता
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण