दाङमा बम र अपहरणको झूटा अपवाह फैलाउने एकजना पक्राउ
अपहरणमा परेको भन्दै अफवाह फैलाउने एक व्यक्तिलाई दाङ प्रहरीले पक्राउ गरेको छ । दाङमा बम जस्तो देखिने शंकास्पद बस्तु राखी अपहरणमा परेको भनी झूटा अफवाह फैलाउने एक जनालाई दाङ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ९ का २४ वर्षीय जनक देवकोटा रहेको प्रहरीले पत्रकार सम्मेलनमार्फत जनाकारी दिएको छ । देवकोटाले योजनाबद्ध तरिकाले शंकास्पद बस्तु राखेर आफू अपहरणमा परेको झुटो अफवाह फैलाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लले जानकारी दिए ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ नयाँ बस्तीस्थित हरिप्रसाद रिजालले सञ्चालन गरेको ड्रागन कृषि फर्ममा काम गर्दै आएका देवकोटाले कृषि फर्म सञ्चालकसँग रकम असुल्ने योजनाका साथ आफू अपहरणमा परेको नाटक गरेको रहस्य खुलेको प्रमुख काफ्लले बताए ।
गत आइतबार अपहरणमा परेको सूचना प्रहरी कार्यालयमा पुगेपछि खोजी कार्य गर्ने क्रममा देवकोटालाई हिजो लमही नगरपालिका ९ अमिलिया नजिकैको जंगलमा फेला पारिएको प्रहरीले बताएको छ । गत फागुन २७ गते साँझ कृषि फर्म नजिकै शंकास्पद बस्तु राख्ने व्यक्ति पनि उनै देवकोटा रहेको अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेका देवकोटाले रकम असुल्नका लागि योजनाका साथ गत आइतबार तुलसीपुर बजार जान्छु भनी घरबाट निस्किएको र बेलुका पख श्रीमतीलाई मोबाइल म्यासेजबाट अपहरणमा परेको कुरा पठाएका थिए । पक्राउ परेका देवकोटाविरुद्ध विस्फोटक पदार्थ सम्बन्धी कसुर र झुट्टा अफवाह फैलाउन नहुने कसुरमा आवश्यक अनुसन्धान सुरु गरिएको प्रमुख काफ्लले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण