कालीगण्डकी नदीमा एक युवक बेपत्ता
बुधबार, ०९ चैत २०७८, २१ : ३७
बुधबार दिउँसो पाल्पास्थित कालीगण्डकी नदीमा डुबेर एक युवक बेपत्ता भएका छन् । तानसेन नगरपालिका–१४ अर्थुङ्गस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा धनकुटा पाख्रीबास नगरपालिका–६ फलाते घर भएका ३३ वर्षीय मोहन बस्नेत बेपत्ता भएका हुन् ।
उनी विगत ७ महिनादेखि कालीगण्डकी करिडोर सडक निर्माणमा जेसिबी चालकका रुपमा काम गर्दै आएका थिए । उनको खोजी कार्य जारी रहेको पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिएका छन् । उद्धार कार्यमा पाल्पाको अर्गली चौकीबाट प्रहरी टोली खटिएको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव राख्न दिन ऐन परिमार्जन
-
इरानविरुद्ध युद्ध सुरु गर्ने निर्णय गलत ठान्छन् अधिकांश अमेरिकी
-
कांग्रेस दलका नेता थापाले भने- ‘एमालेसँगको सहकार्य टुट्यो, तीन विकल्पमा छलफल भइरहेको छ’
-
एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णयपछि लुम्बिनीमा कांग्रेसको आकस्मिक बैठक
-
वार्षिक १३ अर्ब खर्च हुँदा पनि प्रभावहीन बनेका तालिम रोक्न मन्त्रालयले स्थानीय तहलाई पत्राचार गर्ने
-
बागमती सरकारबाट एमालेका मन्त्रीले राजीनामा दिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण