माइली चढेको विमानको आकस्मिक अवतरण
हलिउड गायिका माइली साइरस चढेको विमान खराब मौसमका कारण आकस्मिक अवतरण गरेको छ । माइती एक फेस्टिभलमा सहभागी हुन पराग्वे जाँदै थिइन् । पराग्वे जाँदै गर्दा बीचमा एक्कासी मौसम परिवर्तनसँगै चट्याङ पर्न थालेपछि तत्काललाई फेस्टिभलमा सहभागी हुने योजनालाई रोकेर विमानलाई आकस्मिक अवतरण गराइएको थियो । माइलीले सामाजिक सञ्जालमा एक भिडियो शेयर गर्दै यो कुराको जानकारी दिएकी छन् ।
‘मेरा प्रशंसक र सबैका लागि जो मेरो उडानको चिन्तामा हुनुहुन्थ्यो । हामी चढेको विमान एक अप्रत्याशित तुफानमा फँस्यो र चट्याङको चपेटामा पर्यो । जसकारण विमानले आकस्मिक अवतरण गर्नु परेको थियो’, उनले लेखेकी छन् ।
उनले आफूसँग यात्रामा रहेका टिम, व्याण्ड, साथी र परिवार सबै सुरक्षित रहेको जानकारी दिएकी छन् । उनले यो पोस्टसँगै उनले पराग्वे आउन असमर्थ रहेको उल्लेख गरेकी छन् ।
पराग्वेको यो फेस्टिभल त्यहाँको सबैभन्दा ठूलो रक फेस्टिभलमध्ये एक हो । माइली फेस्टिभलमा आउने कुराले सबै उत्साहित थिए । तर मौसम खराबीका कारण उनी उपस्थित हुने अवस्था नभएपछि फेस्टिभल नै रद्ध गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण