बफेली हाइड्रोपावरको १६ चैतमा आईपीओ निष्कासन गर्ने
बफेली हाइड्रोपावर कम्पनीले यही १६ चैतदेखि आईपीओ निष्कासन गर्ने भएको छ । बफेली हाइड्रोपावर कम्पनीले १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता आईपीओ जारी गर्न लागेको हो ।
१६(२१ चैतसम्म खुल्ने यो कम्पनीको आईपीओ ग्लोबल आईएमई क्यापिटलले व्यवस्थापन गर्नेछ। कम्पनीले आयोजना प्रभावित स्थानीयहरूका लागि केही समयअघि नै आईपीओ जारी गरेको थियो । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि १० लाख २७ हजार ९७० कित्ता सेयर बाँडफाँड गरिसकेको छ ।
कम्पनीको आइपीओ मध्ये चार प्रतिशत कम्पनीका कर्मचारीलाई र पाँच प्रतिशत कम्पनीका मिचुल फन्डका लागि छुट्याइएको छ । आयोजनाका कर्मचारीलाई ७३ हजार ११९ कित्ता र ९१ हजार ३९८ कित्ता सेयर बाँडफाँड हुनेछ ।
२०१७ सालमा स्थापना भएको बफेली हाइड्रोपावर कम्पनीले हाल सिन्धुपाल्चोकमा ३६ मेगावाटको अपर बफेली हाइड्रोपावर निर्माण गरिरहेको छ । सो हाइड्रोपावरको हालसम्म ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी र अघोषित लोडसेडिङले धनगढीको जनजीवन अस्तव्यस्त
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण