स्थानीय तह निर्वाचनका लागि लमजुङमा १२ दल दर्ता
स्थानीय तह निर्वाचनका लागि लमजुङमा १२ राजनीतिक दल दर्ता भएका छन् । जिल्ला निर्वाचन कार्यालय लमजुङका अनुसार ५ प्रमुख दलबाहेक १२ साना दलले निर्वाचनका लागि चिह्न लिन आयोगमा दल दर्ता गराएका हुन् ।
आयोगले तोकेको समयमा जिल्लामा रहेका १२ दलले आफ्नै निर्वाचन चिह्नका लागि विवरण बुझाएका छन् । राष्ट्रिय मान्यता प्राप्त दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) ले जिल्लामा विवरण बुझाउनु नपर्ने भएकाले १२ दलले चिह्नका लागि विवरण बुझाएका हुन् । उनीहरूको विवरण निर्वाचन आयोगमा पठाइएको छ ।
जिल्लामा मंगोल नेशनल अर्गनाइजेशन,सामाजिक एकता पार्टी, मौलिक जरोकिलो पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल परिवार दल, राप्रपा नेपाल, विवेकशील साझा पार्टी, उन्नत लोकतान्त्रिक पार्टी, नेकपा (समाजवादी), राष्ट्रिय नागरिक पार्टी, आमुल परिवर्तन मसिहा पार्टी नेपाल दर्ता भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण