फ्लोरमा ‘नजाउ छोडी’
अमर वलीको निर्देशन रहने फिल्म ‘नजाउ छोडी’ को छायांकन सुरु भएको छ । फिल्मको शनिबारदेखि चितवनको भरतपुरमा छायाँकन शुरु भएको हो । छायांकन अगाडि फिल्मको मुहूर्त गरिएको थियो ।
ए.डी. पिचार्स प्रालिको प्रस्तुति रहेको फिल्म ‘नजाउ छोडी’ का निर्माता लीला डाँगी, प्रस्तुत कर्ता राज बर्मा, सह–निर्देशक दीप्तप्रकाश अधिकारी हुन् ।
फिल्म विशुद्ध प्रेममा आधारित रहेर निर्माण गर्न लागिएको निर्देशक वलीले बताए । तिलबहादुर कार्की, सिद्धान्त बोहरा, प्रवीन एनबि, रुपक बुढाथोकी, सनिया खान, प्रेम खड्का, प्रितिमा शर्मा, बलु राना, दिनेश पाठक, लोकबहादुर रसाइली लगायतको अभिनय फिल्ममा रहनेछ ।
यस अगाडि ‘धर्ती पुत्र’ लगायत केही फिल्म निर्देशन गरेका वलीले थुप्रै म्युजिक भिडियो निर्देशन गरेका छन् । छायाँकार शिवशरण न्यौपाने, श्रीङ्गार गीतञ्जली योगी, द्वन्द्व कुमार महर्जनको रहने फिल्ममा संगीत सन्तोष श्रेष्ठको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण