समाजवादी प्रेस संगठनको विधान पारित
समाजवादी प्रेस संगठन नेपालको विधान २०७८ सर्वसम्मत रुपमा पारित भएको छ । आइतबार काठमाडौंमा बसेको संगठनको पहिलो विस्तारित बैठकले उक्त विधान पारित गरेको हो । बैठकमा ३ सय ५० जना समाजवादी प्रेस संगठनका संस्थापक सदस्य, प्रदेश संयोजक, जिल्ला अध्यक्ष र संयोजक सहभागी रहेको महासचिव भुपराज खड्काले जानकारी दिए ।
संगठनको बैठकले महासचिब भुपराज खडकाले पेश गरेको संगठनात्मक प्रतिवेदन, प्रदेश इञ्चार्जहरुहरुले पेश गरेको प्रतिवेदन र कोषाध्यक्षले पेश गरेको आर्थिक प्रतिवेदन पारित गर्नुका साथै वरिष्ठ पत्रकार एवं संगठनका संस्थापक टंक पन्तले प्रस्तुत गरेको २० बुँदे महत्वपुर्ण प्रस्तावहरू पनि सर्वसम्मतिले पारित गरेको छ । बैठकमा पत्रकार खेम भण्डारीद्वारा लिखित पुस्तक ‘हावामहलको कुशल कारिगर’ नामक पुस्तकको विमोचन, कलम डटकमडटएन्पीको शुभारम्भ र २ वटा चुनावी गीतहरुको सार्वजनिक समेत गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तान : बिजुली र आँटाको मूल्यवृद्धिको विरोधमा हिंसात्मक प्रदर्शन, तीन जनाको मृत्यु
-
इन्डोनेसियाको ‘क्लासी मोडल इन्टरनेशनल’मा प्रवीणले नेपाल चिनाउने
-
मुम्बईमा होर्डिङ भत्किँदा आठ जनाको मृत्यु, ६० जना घाइते
-
कान्स फिल्म फेस्टिभलमा सहभागि हुन बालेन फ्रान्स प्रस्थान
-
दहीसँग खान नहुने ५ चिज
-
आजपाको आन्दोलनरत पक्षलाई विभागले वार्तामा बोलायो