नेपाली काँग्रेसले पनि वैशाखीको सहारा खोज्ने अवस्था आयो : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले शक्तिबारे देखेर गठबन्धन दलहरू आत्तिएको दाबी गरेका छन् । एमालेको शक्ति एकपछि अर्को गर्दै वृद्धि भएको नेपाली काँग्रेस पनि थाहा पाएको जिकिर गर्दै एमालेको शक्तिका बारेमा काँग्रेस सभापतिले नै प्रस्ट भनेको उनले बताएका हुन् ।
कपिलवस्तुमा आयोजित पार्टीको आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेपाली काँग्रेस अहिले वैशाखी खोजेर हिँड्नुपर्ने अवस्थामा आइपुगेको टिप्पणी गरे । ओलीले अरू विचारै नभएका दलहरूको विषयमा धेरै कुरा गरेर समय फल्न आवश्यक नरहेको जिकिर गर्दै कपिलवस्तु एमालेको लाल किल्ला भइसकेको जिकिर गरे ।
उनले भने, ‘अब धेरै जना एमालेमा आइसक्नुभयो, तीन महिना पहिले यस्तै उभार आएको थियो, आज उस्तै जनसागर छ । अब कोही छुट्नुभएको छ भने छिटो भित्राऔँ, ढिलाइ नगरौँ ।’ एमाले प्रवेश गर्नेहरूको देशव्यापी जनलहरले एमालेको शक्ति प्रस्ट भएको बताउँदै तराईमा विकास एमालेकै पालामा भएको बताए । उनले तराईको विकास र समृद्धि एमालेका अगुवाइ पूर्ण हुँदै गएको र केही पूरा हुने चरणमा रहेको बताए ।
कार्यक्रममा एमाले उपाध्यक्ष विष्णु पौडेल महासचिव शंकर पोखरेल, हालै मात्र एमाले प्रवेश गरेकी नायिका करिश्मा मानन्धरलगायतले बोल्दै एमालेमा जनलहर आएको बताएका थिए ।
कार्यक्रममा ओलीले प्रतिनिधि सभा सदस्य वृजेशकुमार गुप्ता र प्रदेश सभा सदस्य धर्मबहादुरलाल श्रीवास्तवलाई पार्टी प्रवेश गराएका थिए । कपिलबस्तु २ का सांसद गुप्ता र २ क का प्रदेश सांसद श्रीवास्तव ०७४ सालमा हृदयेश त्रिपाठीको स्वतन्त्र समूहबाट सूर्य चिन्ह लिएर चुनाव जितेका थिए । त्यसअघि दुई जना तमलोपामा थिए ।
यसैबीच कपिलवस्तुबाट एमाले अध्यक्ष ओली साँझ रुपन्देही फर्कदैँछन् । मंगलबार तिलोत्तमाको शंकरनगर बनबाटीकाको भ्युटावरको उद्घाटन र दिउँसो मणिग्राममा आयोजित भूतपूर्व सैनिक प्रहरी संगठनको महाधिवेशनको उद्घाटन गर्ने तालिका रहेको एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
