एकै दिन तोलामा १३ सय घट्यो सुनको मूल्य
मङ्गलबार, १५ चैत २०७८, १० : ४५
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेको छ । आजको मूल्य तोक्दै महासंघले हिजोको तुलनामा सुनको मूल्य १३ सय रुपैयाँले घटेको जानकारी दिएको हो ।
हिजो सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ कायम भएको महासंघले जनाएको थियो । जुन, आज तोलामा १३ सय रुपैयाँको गिरावट आएको छ ।
प्रतितोला १३ सय रुपैयाँ घटेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९८ हजार ७०० रुपैयाँ छ । यसैगरी, आज सुनको मूल्य घटेको दिन चाँदीको मूल्य पनि घटेको छ ।
हिजो तोलामा १३ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घट्दै १३ सय ७० रुपैयाँमा आइपुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेका चार मन्त्री बर्खास्त भएसँगै नयाँ गठबन्धनका लागि नेकपाले राख्यो सर्त
-
जुम्ल्याहा शिशुको हत्या आरोपमा आमा पक्राउ
-
संसद्को गरिमा बढ्यो कि घट्यो समीक्षा गरौँ : विपिन आचार्य
-
मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र सुरक्षा चुनौतीबारे संसद्मा सरकारको ध्यानाकर्षण
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण