दुर्घटनामा परेका न्यायाधीश थपलियाको स्वास्थ्यमा सुधार, अर्का न्यायाधीश अझै भेन्टिलेटरमा
सवारी दुर्घटना हुँदा गम्भीर घाइते भएका सिरहा जिल्ला अदालतका दुईजना न्यायाधीश मध्ये एकजनाको स्वास्थ्यमा सुधार भएको छ । चैत ६ मा धनुषाको गणेशमान चारनाथ नगरपालिका–४ मा गाडी दुर्घटनामा परेर न्यायाधीश ध्रुवप्रसाद उप्रेती र पुष्पराज थपलिया घाइते भएका थिए । उनीहरुको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
न्यायाधीश थपलियाको स्वास्थ्यमा सुधार आएको छ । उनलाई भेन्टिलेटरबाट आईसीयुमा सारिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी सिद्धिविक्रम शाहले रातोपाटीलाई बताए । न्यायाधीश उप्रेतीको भेन्टिलेटरमा उपचार जारी छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत चारनाथको वीरेन्द्रबजारमा न्यायाधीशहरु चढेको बा २ झ ३९३२ नम्बरको सरकारी कार र ना.१ ज ६५०७ नम्बरको विंगर ठोक्किएको थियो । अवस्था गम्भीर भएपछि उनीहरुलाई सिम्रिक एयरको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो । ओभरटेक गर्ने क्रममा न्यायाधीशहरु सवार कार वींगरसँग ठोक्किएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० प्रतिशत शय्या निःशुल्क कार्यान्वयनमा किचलो
-
स्वाद र सुगन्धले चर्चित जोरायले बासमती पुनः किसानको रोजाइमा
-
झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
