एनआरएनएका पदाधिकारीले भेटे प्रचण्डसँग
गैरआवासीय नेपाली संघ (एनआरएनए)का नवनिर्वाचित पदाधिकारीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । भेटका क्रममा अध्यक्ष प्रचण्डले गैरआवासीय नेपाली संघका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा कार्यकालको शुभकामना दिएका थिए ।
भेटका अवसरमा चैतको १२ र १३ गते सम्पन्न विश्व सम्मेलनले लिएका प्रतिवद्धताबारे छलफल भएको थियो । अध्यक्ष प्रचण्डले नेपालको विकासमा विश्वका विभिन्न देशमा छरिएर रहेका नेपालीको भूमिका महत्त्वपूर्ण रहँदै आएको बताएका थिए ।
उनले गैरआवासीय नेपाली संघ एकजुट भएकोमा आफू एकदम खुसी भएको बताए । अध्यक्षले भने, ‘यो एनआरएनएको होइन, यो नेपाली जनताको एकतालाई तपाईंहरूले दिएको सन्देश हो । अप्ठ्यारोको बीचबाट पनि नेपालीले बाटो पहिल्याउन सक्छन् भन्ने एकता र क्षमताको सन्देश छ यसमा । नेपालीहरूले अप्ठ्यारोको बीचमा पनि नेतृत्व क्षमता राख्छन् भन्ने सन्देश यसमा छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला
-
समस्याग्रस्त सहकारीका ४८ बचतकर्ताले पाए १२ लाख बचत फिर्ता
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण