राजदूत आचार्यले बिहीबार महारानीसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्ने
लन्डन। बेलायतका लागि नवनियुक्त नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले बिहीबार बेलायती महारानीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्ने भएका छन् । भर्चुअल रूपमा आयोजना गरिने सो कार्यक्रममा राजदूत आचार्यले बिहीबार मध्यान्ह बकिङहम प्यालेस पुगेर महारानीलाई ओहोदाको प्रमाणपत्र पेस गर्ने कार्यक्रम रहेको बताइएको छ।
कोभिडको जोखिम तथा स्वास्थ्यका कारण महारानी भने समारोहमा भौतिक रूपमा उपस्थित रहने छैनन्। उनी विन्डसोर क्यासलस्थित निवासबाटै भर्चुअल माध्यमबाट सहभागी हुनेछन्। उक्त समारोहमा जानको लागि बकिङहम प्यालेसबाट राजदूतलाई दूतावाससम्म बग्गी पठाउने प्रचलन छ।
ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्ने कार्यक्रम सकिएलगत्तै राजदूत आचार्यले दूतावासमा बेलायत सरकारका अधिकारी, बेलायतस्थित विभिन्न मुलुकका कूटनीतिज्ञ लगायतका व्यक्तिलाई आमन्त्रित गरी एक रिसेप्सन कार्यक्रमको आयोजना गर्नेछन् । राजदूत आचार्यले बेलायतका लागि २३ औँ राजदूतको रूपमा गत फेब्रुअरी २३ मा आफ्नो पदबहाली गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण