गठबन्धन ५ किलो र एमाले एक क्विन्टलको ढक : केपी अोली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई एकएक किलोको ५ वटा ढकसँग तुलना गरेका छन् । बुधबार भक्तपुरको सूर्यविनायकस्थित सूर्यविनायक हरित कृषि तथा थोक बजारको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले सत्ता गठबन्धन एकएक किलोका ५ किलो र एमाले एक्लै एक क्विन्टलको ढक बराबर रहेको बताएका हुन् ।
‘नेकपा एमाले क्विन्टलको ढक हो । एक्लै एमालेसँग लड्न अव कुनैपनि पार्टीले नसोचे र नचिताए हुन्छ’, ओलीले भने, ‘त्यसकारण उहाँहरुले गठबन्धन गरेर आउनुपर्छ भनेर भनिरहनुभएको छ ।’ ओलीले गठबन्धनका केही पार्टीले गठबन्धन गर्ने भनेपनि गठबन्धन गर्न भने त्यति सजिलो नभएको टिप्पणी गरे ।
‘एमालेलाई पनि बच्चाहरूसँग लड्न समस्या हुन्छ । सक्छन् भने गरुन्, गठबन्धन, तर सजिलो छैन । लोभी पापीहरुको गठबन्धन गर्न कहाँ सजिलो हुन्छ ?’, ओलीको प्रश्न छ । उनले सजिलो नभएकै कारण स्थानीय तह निर्वाचनका लागि उम्मेदवार मनोनयन गर्न समेत दुई दिनको समय छुट्याएकोमा आपत्ति जनाए । ‘त्यही भएर मनोनयन गर्ने समय दुई दिन राखेका हुन् । एक हप्ता गराएपनि के हुन्छ ? मनोनयन नै हुन्छ’, ओलीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले साउन ३ गतेसम्म थप्यो सदस्यता वितरणको समय
-
५० वर्षको भयो अमेरिका, तर विभाजनको राजनीति जस्ताको त्यस्तै
-
मधेस प्रदेशमा 'असारे खर्च' : २० दिनमै ३ अर्ब ३२ करोड
-
माधवजी र मलाई कसरी सिध्याउने भन्नेमा ओलीको हाइटमा बालेन छैनन् : प्रचण्ड
-
पानी पर्न थालेपछि डेङ्गुको जोखिम बढ्यो
-
सामुदायिक विद्युतीकरणः योगदानको सम्मान र भविष्यको जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण