माहोल बुझ्न बाबुरामले पठाए विश्वदीपलाई भारत
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले राजनीतिक माहोल बुझ्न आफ्ना प्रेस सल्लाहकार विश्वदीप पाण्डेलाई भारत पठाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण तय भएपछि अध्यक्ष भट्टराईका विश्वासपात्र विश्वदीप दिल्ली पुगेका हुन् ।
मंगलबार दिल्ली पुगेका जसपाका केन्द्रीय सदस्य समेत रहेका पाण्डेले भारतका विभिन्न नेतासँग भेटघाट गर्ने कार्य सुरु गरिसकेका छन् । जसपा स्रोतका अनुसार डा. भट्टराईले पाण्डेलाई आपसी सम्बन्ध सुधारका लागि दिल्ली पठाएका हुन् । पछिल्लो समय जसपाप्रति भारत सकारात्मक छैन ।
भारत भ्रमणका क्रममा पाण्डेले हालै त्यहाँ सम्पन्न विभिन्न चुनावका बारेमा अध्ययन गर्नेसमेत बताइएको छ । दिल्लीका अतिरिक्त उनले पञ्जाव, उत्तरप्रदेशको समेत भ्रमण गर्ने जनाइएको छ । दिल्लीबाटै रातोपाटीसँग उनले भने, ‘आम आदमी पार्टीले पञ्जावमा विजय कसरी हासिल ग¥यो, उत्तर प्रदेशमा भाजपा पुनः कसरी दोहरियो भन्ने बुझ्न भारत आएको छु ।’
पञ्जावमा चमत्कारिक सफलता प्राप्त गरेको आम आदमी पार्टीको चुनावी रणनीति, उत्तरप्रदेशमा लगातार दोस्रोपटक सत्तामा पुगेको भाजपालाई जनताले के कारण विश्वास गरे लगायतका विषयमा आफूले जानकारी लिने उनको भनाइ छ ।
पाण्डेले आजै भारतका लागि नेपाली राजदूत शंकर शर्मासँग भेट गरेका छन् । सो अवसरमा प्रधानमन्त्री देउवाको भ्रमण तयारीका बारेमा समेत सामान्य छलफल भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण