बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

शाहबाज शरीफ चाँडै पाकिस्तानको प्रधानमन्त्री हुनेछन् : बिलावल भुट्टो ​

बुधबार, १६ चैत २०७८, १९ : १३
बुधबार, १६ चैत २०७८

पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष बिलावल भुट्टोले शाहबाज शरीफ चाँडै नै पाकिस्तानको प्रधानमन्त्रीको रुपमा निर्वाचित हुने बताएका छन् । पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री इमरान खानले आफ्नो बहुमत गुमाएको र अब उनको सहयोगी एमक्यूएम–पी पनि आफूहरुसँगै सहभागी भएको बताए । 

उनले विपक्षी गठबन्धनमा सहभागी भएका अन्य दलहरु पनि आफूहरुसँग सहभागी भएको उल्लेख गर्नुभयो । इमरान खानको अब बहुमत नरहेको बिमलालले दाबी गरे । बिलावल भुट्टोसँगै शाहबाज शरीफ पनि उपस्थित थिए । बिलावल भुट्टोले शाहबाज शरीफले इमरान खानलाई राजिनामा माग्नु उचित भएको बताए। बिलवालले इमरानसँग अब कुनै विकल्प नभएको जिकिर गरे ।

शाहबाज शरीफको विषयमा बिलावलले आफूहरु मिलेर काम गरेको र अलोकतान्त्रिक सरकार ढाल्न एकजुट भएर आएको बताए । उनले अब छिट्टै पाकिस्तानका जनताले खुसीको खबर पाउने बताए । पाकिस्तानमा इमरान खान सरकार विरुद्ध को अविश्वास प्रस्तावको बहस मार्च ३१ देखि सुरु हुनेछ र मतदान अप्रिल ३ मा हुनेछ। तर धेरै सहयोगी दलहरुले उनको साथ छाडेपछि विपक्षी दलहरुले इमरान खानको राजीनामा माग गरिरहेका छन्।
बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप