स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन एकताबद्ध भएर जाने, महानगरको उम्मेदवार केन्द्रले टुंग्याउने
बिहीबार, १७ चैत २०७८, १२ : ३६

सत्तारुढ दल आगामी स्थानीय तहको निर्वाचनमा एकताबद्ध भएर जाने भएका छन् । बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले एकताबद्ध भएर स्थानीय चुनावमा जाने सहमति भएको हो ।
बैठकबाट बाहिरिएका एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले चुनावमा एक भएर जाने सहमति भएको बताउँदै देशभरका ६ महानगरको उम्मेदवारको टुंगो केन्द्रीय गठबन्धनले नै टुंगो लगाउने सहमति भएको बताए ।
‘स्थानीय निर्वाचनमा एकताबद्ध भएर जाने सहमति भएको छ । महानगरको निर्णय माथिबाट टुंगो लगाइनेछ’, बैठकबाट बाहिरिने क्रममा उनले भने । अन्य स्थानीय तहको हकमा भने तल्लो तहले नै निर्णय गर्न दिने सक्ने बताउँदै त्यसका लागि सबै दलको संयन्त्र बनाइने बताए ।
बाँकी प्रक्रियाका विषयमा पुनः छलफल गरेर अगाडि बढ्ने खनालको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन देशको मुद्राको विनिमयदर कति ? (सूचीसहित)
-
पाकिस्तानले भन्यो- भारतीय आक्रमणबाट तीन स्थानहरू प्रभावित
-
मध्यरातमा भारतद्वारा पाकिस्तानमा 'एयर स्ट्राइक', ९ स्थानलाई लक्षित
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप
-
मुख्यमन्त्री कँडेलद्वारा दश जिल्लाका सीडीओसँग संवाद
-
बाँकेमा थप ९३६ लाई जग्गाधनी प्रमाणपत्र वितरण गरिँँदै