शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

विराटनगरमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

शुक्रबार, १८ चैत २०७८, ११ : ०४
शुक्रबार, १८ चैत २०७८

मोरङको विराटनगर महानगरपालिका–१४ मा गएराति सवारी साधनको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङकै विराटनगर महानगरपालिका–९ का ४२ वर्षीय पुष्पराज देउजा रहेका छन् । 

गम्भीर घाइते भएका देउजाको उपचारको क्रममा विराटनगर स्थित कोशी अस्पतालमा शुक्रबार बिहान पौने ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । हाल नम्बर नखुलेको सवारी साधनले गएराति १२ बजे पैदलयात्रीलाई ठक्कर दिएको थियो । दुर्घटना लगत्तै सवारी साधन सहित फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय रानी मोरङले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप