लोसपासँग पनि गठबन्धन हुन सक्छ : मन्त्री रेणु यादव
शुक्रबार, १८ चैत २०७८, १२ : ४५
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले जनता समाजवादी पार्टी नेपालले आवश्यकता अनुसार गठबन्धन गरेर अघि बढ्ने बताएकी छिन् । शुक्रबार जनकपुरधाममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री यादवले स्थानीय तहको निर्वाचनमा सबै पालिकामा गठबन्धन हुन नसके पनि आवश्यकता अनुसार गठबन्धन गर्न सकिने बताएकी हुन् ।
उनले राजनीतिमा हरेक कुरा सम्भव रहेकाले लोकतान्त्रिक समाजवादी पार्टी नेपालसँग पनि गठबन्धन हुन सक्ने बताइन् । यसका लागि लोसपाको मन र नियत सफा हुनुपर्ने उनको जिकिर थियो । नेपाल रेल्वे उद्घाटन कार्यक्रममा सरिक हुन जनकपुरधाम आएकी मन्त्री यादवले भनिन्, ‘विचार, मन र नियत मिल्यो भने गठबन्धन पनि भएको छ,’ उनले अघि थप्दै भनिन्, ‘लोसपालगायत अन्य दलसँग पनि गठबन्धन हुनसक्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण