शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

लोसपासँग पनि गठबन्धन हुन सक्छ : मन्त्री रेणु यादव

शुक्रबार, १८ चैत २०७८, १२ : ४५
शुक्रबार, १८ चैत २०७८

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले जनता समाजवादी पार्टी नेपालले आवश्यकता अनुसार गठबन्धन गरेर अघि बढ्ने बताएकी छिन् ।  शुक्रबार जनकपुरधाममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री यादवले स्थानीय तहको निर्वाचनमा सबै पालिकामा गठबन्धन हुन नसके पनि आवश्यकता अनुसार गठबन्धन गर्न सकिने बताएकी हुन् ।

उनले राजनीतिमा हरेक कुरा सम्भव रहेकाले लोकतान्त्रिक समाजवादी पार्टी नेपालसँग पनि गठबन्धन हुन सक्ने बताइन् । यसका लागि लोसपाको मन र नियत सफा हुनुपर्ने उनको जिकिर थियो । नेपाल रेल्वे उद्घाटन कार्यक्रममा सरिक हुन जनकपुरधाम आएकी मन्त्री यादवले भनिन्, ‘विचार, मन र नियत मिल्यो भने गठबन्धन पनि भएको छ,’ उनले अघि थप्दै भनिन्, ‘लोसपालगायत अन्य दलसँग पनि गठबन्धन हुनसक्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप