युक्रेनले पहिलो पटक रुसभित्र गर्यो आक्रमण
रुस र युक्रेनबीचको लडाइँ युक्रेनभित्र मात्रै सीमित रहँदै आएकोमा पहिलो पटक रुसी भूमिमा हमला भएको छ । रुसको पश्चिमी शहर बेलगोरोड गभर्नरले शुुक्रबार युक्रेनका २ हेलिकप्टरले त्यहाँको तेल डिपोमा हवाई हमला गरेको बताएको एएफपीले जनाएको छ ।
यो हमलामा दुई जना घाइते समेत भएका छन् । लडाइँमा दुवै देशका सेनाका साथ सर्वसाधारण मानिसको पनि ज्यान र धनमाल नोक्सानी भइरहेको छ । युुक्रेनी अधिकारीका अनुसार रुसी हमलामा हालसम्म १५३ बालबालिकाको मृत्यु भइसकेको छ भने २४५ भन्दा बढी बालबालिका घाइते भएका छन् ।
चेर्नोबिल परमाणु ऊर्जा प्लान्टबाट हट्दै रुसी सेना
अमेरिकी रक्षा मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार रुसी सेनाले २४ फेबु्रअरीमा चेर्नोबिल परमाणु ऊर्जा प्लान्टमा कब्जा गरेको थियो । यहाँबाट रुसी सेना पछि हट्न थालेको छ ।
अधिकारीका अनुसार रुसी सैनिक चेर्नोबिलबाट पर जाँदैछन् र बेलारुसमा प्रवेश गरिरहेका छन् ।
दैनिक १० लाख ब्यारेल कच्चा तेल निकाल्दै अमेरिका
अमेरिकाका राष्ट्रपति जो बाइडेनले युुक्रेनमा भएको हमलालाई मध्यनजर गर्दै बढ्दो मूल्य कम गर्न ६ महिनासम्म दैनिक १० लाख ब्यारेल तेल निकाल्ने घोषणा गरेका छन् । युक्रेनमा भएको सैन्य आक्रमणका कारण रुसमाथि अमेरिका समेत कयौं देशको आर्थिक प्रतिबन्धका कारण कच्चा तेलको मूल्यमा वृद्धि भइरहेको ह्वाइट हाउसले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
-
रसुवागढी नाकाबाट ६ हजार बढी विद्युतीय सवारी आयात (तस्बिरहरू)
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण