तुलसीपुरबाट लागुऔषध कारोबार गरेको आरोपमा ३ जना पक्राउ
शुक्रबार, १८ चैत २०७८, १५ : ४८
दाडको तुलसीपुरमा लागुऔषध सेवन तथा कारोबारमा संलग्न रहेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा तुलसीपुर–५ का १९ वर्षीय किरण बुढाथोकी, सोही ठाउँका १८ वर्षीय सन्तोष बस्नेत र घोराही उपमहानगरपालिका २ का २५ वर्षीय अनिष डाँगी पक्राउ गरेको हो ।
पक्राउ परेका अनिषले तुलसीपुर–५ बसपार्कको रुकमेली ठाडा ढुंगा होटेलमा कोठा लिएर लागुऔषध कारोबार गर्ने गरेको खुलेको जिल्ला प्रहरी प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए । उनीहरुको साथबाट कालो प्लाष्टिकसहित ३ सय ७० मिलिग्राम खैरो हेरोइन, तीन थान मोबाइल र नगद ४ हजारसमेत प्रहरीले बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ कर्पोरेसन
-
म्यान्मारका दुई डुङ्गा दुर्घटनामा ५०० भन्दा बढी बेपत्ता आशङ्का
-
अमेरिकी आक्रमणको कडा जवाफ दिने इरानको चेतावनी
-
सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढ्यो, चाँदीको घट्यो
-
राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षको अवधिमा जम्मा ३७ जनाको कलेजो प्रत्यारोपण
-
युक्रेनमा रूसको भीषण आक्रमण : १४ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण