पत्रकारलाई सञ्चार सामग्रीमा अनुदान दिन्छौं : कानुन मन्त्री शाही
कर्णालीका आन्तरिक मामिला तथा कानुन मन्त्री हिमबहादुर शाहीले पत्रकारहरुलाई आवश्यक सञ्चार सामग्रीका लागि अनुदानको व्यवस्था गर्ने बताएका छन् । शुक्रबार प्रदेश राजधानी वीरेन्द्रनगरमा पत्रकारसँगको भेटघाटमा उनले सञ्चारका सामग्रीका लागि अनुदानको व्यवस्था गर्ने बताएका हुन् ।
शाहीले भने,‘ कर्णालीका पत्रकारलाई सञ्चार साधनमा निपूर्ण बनाउन आगामी आर्थिक वर्षको बजेटमा विशेष व्यवस्था गर्न पहल गर्छु । पत्रकारले कुनैपनि सञ्चारका सामग्री खरिद गर्दा हामी अनुदान दिन्छौं ।’ साथै कर्णालीका पत्रकारिता क्षेत्रको विकासका लागि आगामी बजेटमा आवश्यक बजेट, नीति तथा कार्यक्रम ल्याइने पनि उनले बताए ।
उनले पत्रकार स्वास्थ्य वीमा कार्यक्रमको बजेट थप गर्ने पनि बताए । पत्रकारहरुले कर्णालीबाट करोडौंको विज्ञापन काठमाडौं जाने गरेको तर स्थानीय पत्रपत्रिकाले नपाउने गरेको गुनासो राखेका थिए । जवाफमा उनले भने,‘स्थानीय स्तरका पत्रिकाहरूलाई विज्ञापन दिने नीति ल्याउँछौँ । जसले गर्दा यहाँका सञ्चार माध्यममा कार्यरत पत्रकारहरुले समयमै पारिश्रमिक पाउँछन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिकल अफिसरका लागि जागिर खुल्यो
-
संघबाट प्रभावकारी हस्तक्षेप नगरेसम्म कर्णालीको विकास सम्भव छैन : सांसद महेन्द्र बहादुर शाही
-
कर्णाली प्रदेशकाे मन्त्रिपरिषद् बैठकले गर्याे यस्ता निर्णय
-
विपद्का बेला नसर्ने रोगको उपचार निरन्तर गर्न संयुक्त पहल आवश्यक : विज्ञ
-
राष्ट्रियसभाको बैठक: भिन्न प्रतिवेदन पेस हुने
-
पोखरामा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण