सुनसरीका ४४ मतदानस्थल अति संवेदनशील
सुनसरीका ४४ वटा मतदानस्थल अति संवेदनशील रहेका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले गरेको मतदानस्थलको वर्गीकरणअनुसार ४४ वटा मतदानस्थल अति संवेदनशील रहेका हुन् । जिल्लाका कुल १६६ वटा मतदानस्थल मध्ये ४४ वटा मतदानस्थल अति संवेदनशील, ८० वटा संवेदनशील र बाँकी समान्य रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेवले जानकारी दिए ।
अति संवेदनशील मतदानस्थलमा अन्य ठाउँको भन्दा थप र तीन घेरामा सुरक्षाकर्मी परिचालन गर्ने योजनाअनुसार अघि बढेको उनले बताए । अति संवेदनशील मतदानस्थलमा पहिलो घेरामा म्यादी र जनपथ प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र जनपथ प्रहरीको संयुक्त टोली र बाहिरी घेरामा नेपाली सेना खटिने उनले बताए । साथमा राष्ट्रिय अनुसन्धान विभागबाट खटिनेछन् ।
स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा सुनसरीमा मतदानस्थलको अनुगमन सुरु गरेको प्रजिअ यादवले बताए । सुनसरीको कोसी, भोक्राहा नरसिंहलगायत दक्षिणी क्षेत्रको मतदानस्थलको अनुगमन गरिएको जिल्ला निर्वाचन कार्यालय सुनसरीका सूचना अधिकारी अजय मिश्रले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुठीको जग्गा निजी संस्थालाई भाडामा दिएपछि जनकपुरधाममा विवाद, स्थानीय आन्दोलित
-
मापसे गरेका चालकले चलाएको ट्रकले दुईवटा बसलाई ठक्कर दिँदा आठ जना घाइते
-
नीर शाहको निर्देशनमा ‘प्रिन्स’ बन्ने
-
ब्राउन सुगरसहित एक जना पक्राउ
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण