रुसी विदेशमन्त्रीले भारतका प्रधानमन्त्रीलाई भेट्ने
शुक्रबार, १८ चैत २०७८, २१ : १२
रुसका विदेश मन्त्री सेर्गेइ लाभ्रोभले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने भएका छन् । प्रधानमन्त्री मोदीलाई भेट्न उनले चाडै नै भारतको भ्रमण पनि गर्ने तयारी भएको उनले शुक्रबार जानकारी दिए ।
भारतका विदेश मन्त्री एस जयशंकरसँगको कुराकानीका क्रममा रुसी समकक्षी लाभ्रोभले युक्रेनसँगको संकट समाधानका लागि भारतीय प्रधानमन्त्रीले महत्वपूर्ण भूमिका खेल्न सक्ने धारणा राखेका थिए ।
दुई देशको विवादमा भारतले सन्तुलित भूमिका खेलेकाले विवाद समाधान गराउन पनि प्रभावकारी भूमिका खेल्न सक्ने उनको विश्वास छ ।
लाभ्रोभसँगको भेटपछि भारतको विदेश मन्त्री जयशंकरले यस बारेमा विस्तृतमा छलफल गर्न उनले प्रधानमन्त्रीसँग छलफल गर्न चाहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरुष काभा भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलङ्कासँग पराजित
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण