शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

शनिबार, १९ चैत २०७८, ११ : ३९
शनिबार, १९ चैत २०७८

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र दामोदर मोदीबीच भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्रीद्वयबीच नयाँदिल्लीस्थित हैदराबाद हाउसमा भेटवार्ता सुरु भएको हो ।  हैदराबाद हाउसमा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच वान टू वान वार्ता हुँदैछ ।

त्यसपछि ११ः४५ देखि १२ः१५ सम्म दुई देशका प्रतिनिधिमण्डलबीच वार्ता हुँदैछ भने १२ः१५ देखि १२ः३० बजेसम्म विभिन्न सम्झौतामा हस्ताक्षर हुँदैछ । सम्झौतामा हस्ताक्षर गरेपछि प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवाको सम्मानमा दिवा भोजको आयोजना गर्नेछन् ।

दिउँसो १ः३० बजेदेखि १ः३५ बजेसम्म प्रधानमन्त्री देउवाले आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । त्यहाँबाट होटल फर्केर साँझ ५ः३० बजे भारतीय व्यवसायीहरूसँगको अन्तरक्रियामा प्रधानमन्त्री देउवाले भाग लिने कार्यतालिका तय गरिएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप