उदयपुरमा निर्वाचन : सबै स्थानीय तहमा गठबन्धन गर्ने निर्णय
उदयपुरका सबै स्थानीय तहमा आगामी निर्वाचनमा पाँच राजनीतिक दलले गठबन्धन गर्ने निर्णय गरेको छ । केन्द्रले पाँच दलबीच गठबन्धन गर्नेगरी छलफल चलाएअनुसारनै उदयपुरमा मोर्चाबन्दी गरेर अघि बढ्ने निर्णय भएको हो । यहाँका पाँच दलमा आबद्ध गठबन्धनका नेताहरूले सनिवार बैठक गरी आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरेका हुन् ।
नेपाली काँग्रेस उदयपुरका जिल्ला सभापति तथा प्रदेश १ सरकारका भौतिक पूर्वाधार विकासमन्त्री हिमाल कार्की, नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्रका अध्यक्ष विनोद कटुवाल (दिवस), नेपाल कम्युनिष्ट पाटी एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक राममणि पोखरेल, जनता समाजवादीका केन्द्रीय सदस्य खेमनारायण यादव (राहुल) र राष्ट्रिय जनमोर्चाको जिल्ला अध्यक्ष लिल कुमार राई, प्रदेश सांसद नारायण बुर्जामगर, कैलाश राईसहितको उपस्थितिमा चुनावी तालमेल गर्ने निर्णय भएको हो ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष पोखरेलले भने, ‘पाँच दलबीच अधिकतम लचकताका साथ गठबन्धन गर्ने निर्णय गरियो र बैठकमा पार्टीका प्रतिनिधिहरूबाट आ–आफ्नो पार्टीको वस्तुगत स्थिति समीक्षाको साथै प्रारम्भिक छलफल भएको छ ।’ आगामी २६ मा बस्ने बैठकले प्राविधिक सहमति जुटाउने र उम्मेदवारी बाँडफाँट हुने नेकपा माओवादीका जिल्ला अध्यक्ष विनोद कटुवाल (दिवस) ले जनाएको छ ।
अघिल्लो निर्वाचनमा आठ स्थानीय तहमध्ये ६ वटामा एमालेले जितेको थियो । एकएक पालिकामा नेकपा माओवादी र नेपाली काँग्रेसले जितेका थिए । बेलका नगरपालिकामा पनि नेपाली काँग्रेसका नेता अशोक कार्कीको नेतृत्वमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादीले गठबन्धन गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुठीको जग्गा निजी संस्थालाई भाडामा दिएपछि जनकपुरधाममा विवाद, स्थानीय आन्दोलित
-
मापसे गरेका चालकले चलाएको ट्रकले दुईवटा बसलाई ठक्कर दिँदा आठ जना घाइते
-
नीर शाहको निर्देशनमा ‘प्रिन्स’ बन्ने
-
ब्राउन सुगरसहित एक जना पक्राउ
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण