समृद्ध नेपाल, सुखी नेपालीलाई माया नगर्ने कम्युनिष्ट होइनन् : ओली
आइतबार, २० चैत २०७८, १३ : ४१
एमाले अध्यक्ष केपी ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाल’ अभियानलाई माया गर्ने मात्र कम्युनिष्ट हुने बताएका छन् । एमाले निकट बुद्धिजीवी परिषद्को १० औं राष्ट्रिय अधिवेशनको आइतबार उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले राष्ट्रिय हित चिताउने र गर्ने तथा जनताको सेवाका लागि काम गर्ने पार्टी कम्युनिष्ट हुने बताए ।
देशमा नाफामूलक राजनीतिले अस्थिरता ल्याएको बताउँदै उनले नाफामूलक राजनीति गर्नेले नाफा नहुने बित्तिकै पार्टी टुक्र्याउने गरेको आरोप लगाए । समृद्ध नेपाल र सुखी नेपालीको अभियानका साथ एमाले अघि बढेको भन्दै उनले देश र जनताको समयानुकूल समृद्धि बनाउने बाटोमा अघि बढेको बताए । आस्थाका आधारमा कसैमाथि विभेद नगर्ने बताउँदै ओलीले राजनीतिक आस्थाभन्दा राष्ट्र हितको विषयमा मिलेर काम गर्न सकिने उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा