बार निर्वाचन : मतपेटिका आउने क्रम जारी
आइतबार, २० चैत २०७८, १८ : १३
नेपाल बार एसोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचन लागि शनिबार मतदान सम्पन्न भए पनि मतपेटिका आउने क्रम जारी भएकाले मतगणना सुरु हुन सकेको छैन ।
नेपाल बार एसोसिएशन, २०७८ का प्रमुख निर्वाचन अधिृकत वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकका अनुसार मतपेटिका आउने क्रम जारी छ । आइतबार बेलुकासम्म मतपेटिका आइपुग्यो भने सोमबारदेखि मतगणना हुने बताइएको छ । उदयपुर, धनकुटा र राजविराज मतदान केन्द्रबाट मतपेटिका आउन बाँकी छ ।
उपत्यकाको काठमाडौं केन्द्रसहित देशभर ३५ केन्द्रबाट मतदान भएको थियो । काठमाडौं केन्द्रमा ७१ प्रतिशतको हाराहारीमा मत खसेको छ । बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७०८ मतदाता रहेका छन् । त्यसमध्ये उपत्यकामा पाँच हजार ७०० र उपत्यकाबाहिर तीन हजार ५०० रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानालाई दश लाख सहयोग
-
तस्बिरमा हेर्नुहोस् दोस्रो लाङटाङ ट्रेल रन
-
अनेक सङ्घर्ष छिचोल्दै सुदूरपश्चिमकै पहिलो महिला डिभिजनल वन अधिकृत बनिन् निर्मला
-
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
-
'खान सर'विरुद्ध एफआईआर दर्ता, पक्राउको सम्भावना
-
उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेन: पूर्वअर्थमन्त्री पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण