शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भ्यू टावरको आलोचना गर्नेलाई ओलीको प्रश्न : मलेसियामा ट्वीन टावर बनाउने महाथिर पागल थिए ?

आइतबार, २० चैत २०७८, २२ : ४३
आइतबार, २० चैत २०७८

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केही गर्न नसक्नेहरूले विकास, निर्माणको काम गर्दा पनि विरोध गर्ने गरेको भन्दै आक्रोश पोखेका छन् । अध्यक्ष ओलीले काँग्रेस नेता शेखर कोइरालाप्रति सङ्केत गर्दै भ्यू टावरको विरोध गरेर केहीले विकास निर्माणकै कामको विरोध गरेको बताएका हुन् । 

आइतबार काठमाडौँमा पार्टीको सामाजिक सेवा केन्द्र स्थापनाको घोषणा कार्यक्रममा बोल्दै उनले हामीले बनाएका भ्यू टावरहरू हाम्रा सभ्यता, विकास र आर्थिक क्रियाकलापका केन्द्र भएको दाबी गर्दै विकासको त्यो मोडेललाई नबुझ्नेहरूले त्यसो नगर्ने प्रतिज्ञा गर्न आग्रह गरेको बताए । उनले भने, ‘अहिले एक खालको भ्यू टावर विरोधीहरुले हल्ला चलाएका छन् । मलेसियामा महाथिरले त्यो ट्वीन टावर बनाएका थिए । त्यो बनाएका बेला महाथिर पागल हो कि क्या हो ? यो गरिव देशको सारा पैसा त्यहाँ लगेर खर्च गरेर भ्यू टावर बनायो भन्ने ठुलो आलोचना थियो । अहिले मलेसियाको भ्यू टावर व्यापारिक केन्द्र, अर्थतन्त्रको केन्द्र हुन् । हामीले बनाएका भ्यू टावरहरू सभ्यताका, विकासका, हाम्रा व्यापारिक अन्य आर्थिक क्रियाकलापका केन्द्रहरू हुन । हाम्रा पर्यटनका स्थलहरू हुन । हाम्रो आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षित गर्ने कुराहरू हुन् । तर केही मान्छे बुझ्दैनन् र के भन्छन् भने–अव उनीहरूको पार्टीको नाम लिएर हाम्रो पार्टीले अव यो भ्यू टावर बनाउन्न भनेर कसम खानुपर्नेछ । प्रतिज्ञा गर्नु पर्नेछ भन्दै हिँड्छन् । ’

धरहरा बनाएर धेरैको मत पोलेको बताउँदै उनले भने, ‘नेपालको सबभन्दा चर्चित भ्यू टावर धरहरा हो । कतिको मत भतभत पोलेको छ–धरहरा बनेकोमा । अनि के त्यहाँ भात खान पाइन्छ रु त्यहाँ गहुँ फल्छ, धरहरामा । अनि के त्यहाँ कपडा बुनिन्छ रु त्यो भ्यू टावरनै हो । तर, त्यो राष्ट्रको पहिचान हो । राष्ट्रको गौरव हो । हाम्रो इतिहास हो । धेरै कुरा त्यसभित्र लुकेका छन् र त्यो एउटा गन्तव्य हो । धरहरा हेर्दा हामीलाई एउटा गर्वको महसुस हुन्छ ।’
अध्यक्ष ओलीले पार्टीले स्थापना गरेको सामाजिक सेवा केन्द्रले भोटको राजनीति नगर्ने पटकपटक दोहोर्‍याए । उनले जनताको सेवा गर्ने उद्देश्यका साथ स्थापना गरिएको केन्द्रका लागि पार्टीका ८ लाख ५५ हजार बढी संगठित सदस्यहरूले सय रुपैयाँका दरले सहयोग गर्दा पनि केही करोड हुने बताए । कार्यक्रममा ओलीले सो केन्द्रको संयोजकको जिम्मेवारी पार्टीका सांसद एवम् उद्योगी मोती दुगडलाई तोकिएको पनि घोषणा गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप