जीतुले भने, ‘मुन्द्रेको कमेडी क्लब छिट्टै आउँछ’
हास्य कलाकार जीतु नेपालले टेलिभिजन कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ छिट्टै आउने बताएका छन् । उनले सामाजिक संजालमा एक पोष्ट गर्दै यस बिषयमा जनाकारी दिएका हुन् । फोन, म्यासेज र सामाजिक मार्फत ‘मुन्द्रेको कमेडी क्लब’ कहिले आउछ ? भन्ने प्रसंसकको प्रश्नको हरेक पल सामना गर्दै आएका उनले शो चाडै ल्याउने तयारीमा आफू रहेको समेत जानकारी दिए ।
‘आउँछ छ हजुर आउँछ । अब चाँडै नै आउछ’ उनले पोष्टमा अगाडि लेखेका छन् ‘फरक बिषयबस्तु, नयाँ सदस्यहरु र नयाँ सेटमा ‘मुन्द्रेको कमेडी क्लब’ आउँछ ।’ आफु चाडै कार्यक्रमको तयारीमा रहेको जानकारी दिएका उनले अगाडि थपे ‘हामी यसको तयारीमा छौ । चाडै नै नयाँ प्रोमो सहित जानकारी दिने छौ ।’ उनले ‘मुन्द्रेको कमेडी क्लब’को बारेमा चासो दिनेलाई धन्यवाद समेत भनेका छन् ।
केही अगाडि धेरैको चाहना रहेकोले ‘मुन्द्रेको कमेडी क्लब’ पुनः सुरू गर्ने सोच रहेको बताएका जीतुले हिजोका कमीकमजोरीलाई हटाउँदै नयाँ जोश, जाँगर र उत्साहसहितका साथ आउने जानकारी दिएका थिए ।
सोही क्रममा कार्यक्रम प्रशारण हुने टेलिभिजन र मिति भने टुंगो नभएको समेत बताएका उनले अहिले पनि टेलिभिजन र मिति भने सार्वजनिक गरेका छैनन् । छिट्टै शो प्रोमो मार्फत सार्वजनिक गर्ने उनले बताएका छन् । ‘मुन्द्रेको कमेडी क्लब’ जीतुले शो कलाकार उमेश राई ‘फुलन्देकी आमा’ ले धोका दिएको भन्दै एक कार्यक्रम गर्दै बन्दको घोषणा गरेका थिए ।
‘मुन्द्रेको कमेडी क्लब’ नेपाल टेलिभिजनबाट प्रसारण हुने लोकप्रिय रियालिटी शो थियो । जीतु आफै होष्ट रहेको शोमा उनीसहित उमेश राई, राजाराम पौडेल, राजेन्द्र नेपालीको अलवा सदावहार अभिनेत्री करिश्मा मानन्धर समेत देखिँदै आएकी थिइन् । सुरुवातको समयमा कमेडी क्लबमा अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला पनि थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण