बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

अर्घाखाँचीमा शुक्रबारदेखि टाइफाइडविरुद्धको खोप अभियान सुरु हुने

सोमबार, २१ चैत २०७८, १० : ४७
सोमबार, २१ चैत २०७८

अर्घाखाँचीमा टाइफाइड रोग विरुद्धको खोप अभियान आगामी शुक्रबारदेखि सञ्चालन हुने भएको छ । अभियान १८ वैशाखसम्म सञ्चालन हुनेछ । १५ महिनादेखि १५ वर्षका बालबालिकालाई खोप दिइने खोप अभियानका सदस्य सचिव रामप्रसाद गौतमले जानकारी दिए ।

खोप लगाउने बालबालिका विद्यालयमा बढी हुने भएकाले २०० भन्दा बढी विद्यार्थी भएको स्थानमा विद्यालयमै खोप केन्द्र निर्धारण गरिएको कार्यालयले जनाएको छ । खोप केन्द्रमा एक जना स्वास्थ्यकर्मीसहित, स्वयंसेविका र शिक्षक परिचालित हुने छन् ।

१५ महिनादेखि १५ वर्षभित्रका करिब ४७ हजार बालबालिकाहरूलाई टाइफाइड विरुद्धको खोप लगाउने लक्ष्य लिइएको खोप अभियानका प्रमुख तथा जिल्ला समन्वय प्रमुख पिताम्बर भुसालले जानकारी दिए । खोप अभियान अन्तर्गत अर्घाखाँचीमा ४ सय २३ खोप केन्द्र कायम गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप