बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनीमा गठबन्धन भर्सेस एमाले : कसको कति सिट जित्ने दाबी ?

सोमबार, २१ चैत २०७८, १२ : ३०
सोमबार, २१ चैत २०७८

लुम्बिनी प्रदेशमा  गठबन्धन दल र विपक्षी एमालेले स्थानीय तह निर्वाचनमा आफूले नै बढी सिट जित्ने दावी गरेका छन् । उनीहरुले आफ्नो  पुरानो  मत र पार्टीका एजेन्डाका आधारमा लुम्बिनी प्रदेश रहेको १०९ सिटमध्ये आ–आफ्नो दावी गरेका हुन् । 

रिपोर्टर्स क्लब लुम्बिनी प्रदेश बुटवलले सोमबार आयोजना गरेको कार्यक्रमा नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरबहादुर पुनले गठबन्धन दलभित्र पार्टीहरुले आ–आफ्नो मताधारको अवस्थाबारे संकलन गरिरहेको र त्यसैका आधारमा उम्मेदवारी दिने बताए ।

लुम्बिनी प्रदेशमा गठबन्धनको अत्यधिक बहुमत आउने उनले दावी गरे । विगत निर्वाचनमा ५० वटा स्थानीय तहमा ५०० मत अन्तर परेकाले ती ठाउँमा गठबन्धन गर्दा  एमालेलाई पराजित गर्ने उनले तर्क गरे । 

जितेका पुराना सिट सम्बन्धित दललाई नै यथावत राख्दै थप छलफलका आधारमा अरु भागबण्डा गरेर अध्यधित स्थानीय तहमा विजय हुने तयारीका अघि बढिएको बताए । उनले एमालेले संसद बैठक अवरोध गरेर जनताका आवाजलाई कुण्ठित गरेको आरोप समेत लगाए । 

नेकपा एमालेका पोलिटब्युरो सदस्य दधिराम न्यौपानेले भने लुम्बिनी प्रदेशमा आफ्नो पार्टीले ६० प्रतिशत जित हात पार्ने दावी गरे । प्रदेशका १ सय ९ वटा पालिकाहरुको सर्वेक्षण अनुसार ६० प्रतिशत भन्दा धेरै स्थानीय तहमा आफ्नो पार्टीले जित ल्याउने उनको दाबी छ । 

उनले एमाले गत निर्वाचनमा एमालेले जितेका सिटमा कुनै असर नपर्ने बरु एमाले एजेन्डा र संगठनको आधारमा बढ्ने दावी  गरे ।  नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश दलको प्रमुख सचेतक तुलाराम घर्तीले सत्ता गठबन्धनलाई आगामी निर्वाचनमा पनि निरन्तरता दिँदै  स्थानीय तहहरुमा तालमेलका लागि आफ्नो पार्टीले सर्कुलर गरेको बताए ।

उनले विगतमा माओवादीले १९ स्थानीय तहमा जित हात पारेको स्मरण गर्दै अहिले गठबन्धन आधारमा धेरै सिट ल्याउने बताए । यस्तै  जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य छन्द पन्थीले गठबन्धनको आधारमा बढीभन्दा बढी सिट जितिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप