अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा १६ जना पक्राउ
सोमबार, २१ चैत २०७८, १४ : ३९
नेपाल प्रहरीले अनलाइन बिङ्गो खेल्ने १६ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–६ प्लटिङस्थित एक खाजा घरमा अनलाइन बिङ्गो खेल्ने सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका–१ घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ शिवचोक बस्ने २५ वर्षीय पासाङ शेर्पालगायत १६ जनालाई आइतबार साँझ पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
उक्त खाजा घरमा अनलाइन बिङ्गो खेल खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले उनीहरुलाई ७४ हजार १५० सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुसँग प्रहरीले एक हजार ५०० थान बिङ्गो टिकट र दुई थान स्पिकरसमेत बरामद गरेको छ । घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण