२०७४ सालको मतका आधारमा हुने बाँडफाँड अस्वीकार्य : डा. भट्टराई
जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले २०७४ सालको मतका आधारमा हुने बाँडफाँड स्वीकार्य नहुने बताएका छन् । रुपन्देहीको शुद्धोधनमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले गठबन्धनमा २०७४ सालको मतका आधारमा हुने बाँडफाँड स्वीकार्य नहुने बताएका हुन् ।
उनले आफ्नो पार्टी नयाँ बनेकाले २०७४ को निर्वाचनको आधारमा हुने भागबण्डा स्वीकार्य नहुने बताए । आफ्नो पार्टी देशलाई विकल्प दिने गरी नयाँ बनेको भन्दै उनले अरु पार्टीहरू पुराना रुख भएको बताए । उनले भने, ‘पुराना रुखबाट केही फल्ला भन्ने आशा हुन्छ । तर अहिले पार्टीबाट फल्दैन बरु हाम्रो पार्टी नयाँ विरुवा भएपनि राम्रो फल लाग्ने छ , धेरै फल्ने छ ।’
भट्टराईले पुराना दललाई भोट दिएर नयाँ नजिता नआउने पनि बताए । उनले पुराना दलहरुले चुनाव जितेर आफ्ना मान्छेलाई ठेक्का दिने र भ्रष्टाचार मात्रै गर्ने गरेकाले अबको चुनावमा जनताले विकल्प खोज्नुपर्ने बताए । विदेशमा युवाको श्रम निर्यात गरेर देश विकास नहुने भन्दै विदेशबाट प्रविधि र पुजी भित्र्याएर स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ कर्पोरेसन
-
म्यान्मारका दुई डुङ्गा दुर्घटनामा ५०० भन्दा बढी बेपत्ता आशङ्का
-
अमेरिकी आक्रमणको कडा जवाफ दिने इरानको चेतावनी
-
सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढ्यो, चाँदीको घट्यो
-
राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षको अवधिमा जम्मा ३७ जनाको कलेजो प्रत्यारोपण
-
युक्रेनमा रूसको भीषण आक्रमण : १४ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण