लुम्बिनी प्रदेशको मन्त्रिपरिषद बैठकले गर्यो ९ निर्णय
लुम्बिनी प्रदेशको मन्त्रिपरिषद बैठकले विभिन्न ९ निर्णय गरेको छ । सोमबार साँझ बसेको बैठकले लुम्बिनी प्रदेशको राजधानीको गुरुयोजना स्वीकृतीदेखि परिमार्जित सञ्चार विद्येयक प्रदेशसभामा प्रवेश गर्न स्वीकृती दिनेसम्मका निर्णय गरेको हो ।
लुम्बिनी प्रदेशमा २०७९ सालको सार्वजनिक, पर्व विदा र कार्यालय समय पनि स्वीकृती गरेको छ । यस्तै कानुन महिला तथा बालबालिका मन्त्रालयले विज्ञ सदस्य तथा सदस्यहरु मनोनीत गर्ने भएको छ । लुम्बिनी प्रदेश यातायात लिमिटेड स्थापना गर्ने पनि बैठकले निर्णय गरेको छ ।
यस्तै प्रदेशमा निःशुल्क रक्तसञ्चार कार्यविधि, प्रदेश अस्पताल तथा मेडिकलमा विशेषज्ञ चिकित्सक परिचालन तथा संचालन कार्यविधि स्वीकृती गरेको एक मन्त्रीले बताए । यस्तै प्रदेश स्वास्थ्य विशेष आर्थिक सुविधा संशोधन गरेको छ । प्रदेश स्वास्थ्य साझेदारी कार्यक्रम संचालन तथा व्यवस्थापन निर्देशिका स्वीकृती गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ कर्पोरेसन
-
म्यान्मारका दुई डुङ्गा दुर्घटनामा ५०० भन्दा बढी बेपत्ता आशङ्का
-
अमेरिकी आक्रमणको कडा जवाफ दिने इरानको चेतावनी
-
सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढ्यो, चाँदीको घट्यो
-
राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षको अवधिमा जम्मा ३७ जनाको कलेजो प्रत्यारोपण
-
युक्रेनमा रूसको भीषण आक्रमण : १४ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण