शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बाँसबारी छालाजुत्ता खानेहरूले सोध्छन् खै उद्योग स्थापना गरेको भनेर ? : केपी ओली

बुधबार, २३ चैत २०७८, ०८ : ००
बुधबार, २३ चैत २०७८

एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन आफ्नै सुख सुविधाका लागि मात्रै बनेको बताएका छन् । बुधबार नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले एमाले सवैको सुख, सुविधा, न्याय र सम्बृद्धिका लागि भएपनि अहिलेको पाँच दल आफ्नै सुख सुविधाका लागि बनेको बताएका हुन् ।

उनले एमाले र पाँच दलीय गठबन्धन बीचको फरक छुट्याउँदै भने, ‘हामी सबैको सुख भन्छौ, उनीहरु आफ्नो सुख भन्छन्, हामी सबैको न्याय भन्छौ उनीहरु आफ्ना लागि भन्छन्, हामी र पाँच दलीय गठबन्धन बीचको फरक यही हो ।’ उनले आफुहरु त्यस्तो नगर्ने भन्दै सबैको सुख र सम्बृद्धिका लागि लड्ने दावी गरे ।

आफ्नो नेतृत्वको सरकारले आठवटा औद्योगिक क्षेत्र खोलेको, लगानीको वातावरण बनाएको भन्दै बाँसबारी छाला जुत्ता कारखाना खाएकाहरुले खै उद्योग खोलेको भनेर सोध्ने गरेको बताए ।

‘हामीले आठवटा औधोगिक क्षेत्रहरु खोल्यौ, अनेक उद्योग स्थापना गर्न आव्हान र सुरु पनि गर्यौ’, ओलीले भने, ‘कतिपय नयाँ उद्योग सञ्चालन गर्यौ, ती मान्छेहरुले  हामीलाई सोध्न अप्ठेरो मान्दैनन्, जसले छाला जुत्ता खाए । बाँसबारी छालाजुत्ता खानेहरूले हामीलाई सोध्छन् खै उद्योग स्थापना गरेको ? जसले सिमेन्ट कारखाना, इँटा टायल खाए ।’

नेपाली काँग्रेसलाई लक्षित गर्दै ओलीले भक्तपुर इँटा, हरिसिद्धि इँटा, हिमाल सिमेन्ट खानेहरूले कसरी सोध्न सकेको बताए । उनले चोभारमा सुख्खा बन्दरगाह बनाउन लाग्दा काँग्रेसले शिलान्यास गर्न नदिएको भन्दै त्यही बन्दरगाहको प्रधानमन्त्रीले हिजो उद्घाटन गरेकोमा धन्यवाद दिए ।

‘यसले राम्रै गर्छ भनेर भन्नुभयो । यतिबेला थाहा पाउनुभएछ । तीन वर्षपछि ।’ त्यसक्रममा उनले पाँच दललाई गधाको कथासँग तुलना गर्दै भने, ‘हाम्रा मित्रहरु शिलान्यास गर्ने बेलामा विरोध गर्छन् । उद्घाटन गर्ने बेलामा कुरो बुझ्छन् र वत्ति बाल्न जान्छन् । ’ 

उनले विगतमा आफुले प्रतिकूलताका बीचमा सरकार चलाएको पनि बताए । ‘विचार गर्नुस् त कसरी चलायौ होला प्रतिकूलतामा । यतापट्टि प्रचण्ड उतापटिट माधव नेपाल, पर्तिर झलनाथ खनाल राखेको छ । उता अर्को छ । देश भन्नेबित्तिकै देशभन्दा पहिला मेरो कुरा भन्नुछ भनेर उफ्रिन्छ, दुई घण्टासम्म कराउँछ’, ओलीको भनाइ छ ।
नेकपा एमाले भोटका लागि नभई विकासका लागि राजनीति गर्ने समेत ओलीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप