पन्ध्र वर्षमा चौध सरकार : द्वन्द्वपीडितका घाउ आलै
दाङकी सात वर्षीया बालिका अनिता चौधरी २०६३ को माघीको अघिल्लो दिन पुस ३० गते बुवा–आमाको पछि लागेर रमाइलो हेर्न छिमेकी गाउँ लागिन्। अनिताले बाटैमा कलम जस्तो लाग्ने वस्तु भेट्टाइन् । असीम खुसीसाथ कलम भनेर टिपेको वस्तु एक्कासि विस्फोट भयो । त्यस घटनामा घाइते भएकी अनिताले दायाँ हात गुमाउनु प(यो ।
त्यस्तै २०६४ वैशाख ३१ गते जमिनमुनि छापिएको विद्युतीय धराप विस्फोटमा परी लमजुङकी १७ वर्षीया सुनिता घलेको दाहिने खुट्टा गुम्यो । विस्फोटमा शरीरभित्र छिरेका छर्रा अझै निकाल्न सकिएको छैन ।
२०६३ असार १२ गते म्याग्दीको बेनीका सुरेन्द्र खत्री भारतीय सेनामा नाम निस्केको खुसी साट्न गाउँ पुगे ।
साथीहरूसँग फुटबल खेल्ने र गाईवस्तुसमेत चराउने भन्दै निस्केका खत्रीले जङ्गलमा फेला पारेको प्लास्टिकको पोको खोल्ने क्रममा विस्फोट भयो । विस्फोटबाट शरीर क्षतविक्षत भएका खत्रीको लामो उपचारपछि ज्यान त बच्यो तर दुवै हात काट्नु पर्दा सदाका लागि गुमाउनु प(यो । २०६० जेठ ५ गते नेपाली सेनालाई लक्षित गरी हानेको बम घरमा परी विस्फोट हुँदा म्याग्दीका भीमबहादुर रिजालले परिवारका तीन सदस्य गुमाए ।
२०६२ जेठमा त चितवनको माडीस्थित बाँदरमुढेमा तत्कालीन विद्रोही समूहले राखेको धराप विस्फोट हुँदा ४० जनाको घटना स्थलमै मृत्यु भयो । सोही घटनामा गम्भीर घाइते लेखनाथ अधिकारीले उपचारको अभावमा अपाङ्ग जीवन भोग्नुपरेको छ ।
२०५२ मा नेकपा (माओवादी) सुरु गरेको १२ वर्षे सशस्त्र द्वन्द्वमा तत्कालीन विद्रोही समूह तथा राज्य पक्षबाट भएका त्रुटिका कारण सर्वसाधारणले भोग्नु परेका क्षतिका प्रतिनिधि घटना हुन् यी ।
त्यसपछि सशस्त्र द्वन्द्वको अन्त्यका लागि गरिएको ‘विस्तृत शान्ति सम्झौता २०६३’ भएको पनि १५ वर्ष बितेको छ । यसबीचमा तत्कालीन विद्रोही पक्षसमेत सम्मिलित १४ सरकार फेरिएका छन् तर पनि पीडितका घाउ भने आलाका आलै रहेको पीडितको गुनासो छ । यो समाचार गोरखापत्र दैनिकमा छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआई मोडेलमा विदेशी पहुँच सीमित गर्ने तयारीमा चीन
-
नक्कली भुटानी शरणार्थी प्रकरण : सुनुवाइ सकियो, आजै फैसला सुनाउने तयारी
-
डीडीसीको घिउ खाडी मुलुक र चीनमा निर्यात गर्ने तयारी
-
प्रदेशको अधिकारमाथि प्रहार हुँदा चुप लागेर बस्दैनौं : केदार कार्की
-
आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्री गरे कानुनी कारबाही गरिने
-
धनुषामा विभिन्न मुद्दाका ११ जना फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण