मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

धनुषामा विभिन्न मुद्दाका ११ जना फरार प्रतिवादी पक्राउ

मङ्गलबार, २३ असार २०८३, १७ : १४
मङ्गलबार, २३ असार २०८३

जनकपुरधाम । धनुषा जिल्ला अदालतबाट कैद तथा जरिवानाको सजाय पाई फरार रहँदै आएका ११ जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषा तथा मातहतका प्रहरी कार्यालयहरूबाट खटिएको विशेष प्रहरी टोलीले खोजतलास गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ९डीएसपी० मधुसुधन न्यौपानेका अनुसार अदालतको फैसला कार्यान्वयनका क्रममा उनीहरूलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि धनुषा जिल्ला अदालतमा बुझाइएको छ । 

पक्राउ पर्नेहरूमा कुटपिट मुद्दाका ७ जना, बिनाइजाजत वन पैदावार ओसारपसार मुद्दाका ३ जना र बिगो मुद्दाका १ जना रहेका छन् ।

प्रहरीका अनुसार कुटपिट मुद्दामा जरिवाना तोकिएका सात जनामध्ये एक जनालाई १०० रुपैयाँ र बाँकी छ जनालाई जनही ७७ रुपैयाँ जरिवानाको फैसला भएको थियो ।

यस्तै, बिना इजाजत वन पैदावार ओसारपसार मुद्दाका तीनै जनालाई जनही ४ हजार ९ सय ३६ रुपैयाँ जरिवाना तोकिएको थियो । बिगो मुद्दाका एक प्रतिवादीलाई भने अदालतले ६ महिना कैद सजाय सुनाएको थियो ।

अदालतको फैसलापछि फरार रहेका उनीहरूलाई पक्राउ गरी सजाय भुक्तानका लागि अदालत पठाइएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप