फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडाैँ महानगरपालिका
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडा ल्यान्डफिल साइटको आयु बढाई दिगोपन दिन अन्य स्थानीय तहसँग ‘वित्तीय साझेदारी’ गर्ने भएको छ। कामपा कार्यवाहक प्रमुख सुनिता डङ्गोलले फोहर व्यवस्थापनमा सहजता ल्याउन स्रोतमै वर्गीकरण गरी मात्रा घटाउने विधि र प्रक्रियालाई कार्यान्वयन गर्दै लगेको जानकारी दिइन्।
कार्यवाहक प्रमुख डङ्गोलका अनुसार ल्यान्डफिल साइट र त्यस क्षेत्रसँग सम्बन्धित पूर्वाधार र सामाजिक क्षेत्रका कार्यक्रमका लागि कामपाले वार्षिक करिब रु एक अर्ब खर्च गरेको छ। पछिल्लो समय महानगरपालिकाले विभिन्न स्थानमा सहरबाट उत्पादित फोहरलाई स्रोतमै वर्गीकरणमात्र घटाएर ल्यान्डफिल साइट पुर्याउने कार्यलाई प्राथमिकता दिएको छ।
फोहरको भारका आधारमा उपत्यकाका स्थानीय तहबाट वित्तीय साझेदारीको अपेक्षा गरिएको जनाउँदै महानगरपालिकाले यसबाट स्थानीय तहलाई आफूले उत्पादन गरेको फोहर व्यवस्थापनमा अपनत्वबोध गराउने स्पष्ट पारेको छ ।
महानगरपालिकाले फोहरको भारका आधारमा वित्तीय साझेदारीको अवधारण अघि सारेको छ । काठमाडौँ महानगरपालिका क्षेत्रमा तुलनात्मक रूपमा धेरै फोहर उत्पादन हुने भएकाले करिब ५० प्रतिशत वितीय जिम्मेवारीको हिस्सा लिन आफूहरू तयार रहेको कार्यवाहक प्रमुखले स्पष्ट पारेका छन्।
साइटको आयु बढाउन फोहर वर्गीकरण, पुनःप्रयोग, पुनःचक्रीय प्रयोग विधिको प्रवर्द्धनका विषयमा कुराकानी भएको थियो । हाल काठमाडौँ उपत्यका, काभ्रेपलाञ्चोक, नुवाकोट र धादिङका स्थानीय तहमा उत्पादन भएको फोहर व्यवस्थापन बञ्चरेडाँडामा भइरहेको छ।
सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक इन्जिनियर रवीन्द्र बोहोरासहितका पदाधिकारी र वातावरण व्यवस्थापन विभागका अधिकारीसँग बञ्चरेडाँडा ल्यान्डफिल साइटको आयु बढाउन के–कस्तो उपाय र प्रविधि प्रयोग गरी फोहर व्यवस्थापन गर्न सकिन्छ भन्नेबारे छलफल भएको महानगरपालिकाले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलम्बोमा ‘सी चिनफिङ: द गभर्नेन्स अफ चाइना’ को पाँचौँ खण्डमाथि चिनियाँ–श्रीलङ्काली पाठक मञ्च सम्पन्न
-
नियुक्तिहरूमा प्रधानमन्त्रीको रोजाइ सेनाका पूर्वअधिकारी
-
यस्ता छन् मौद्रिक नीतिका मुख्य मुख्य व्यवस्था
-
अर्जेन्टिनालाई लगातार उपाधि दाबेदार बनाउने गोलकिपर मार्टिनेज
-
आगामी वर्ष प्रणालीमा थपिँदै १०४० मेगावाट बिजुली, ४६ अर्ब प्रसारण लाइनमा खर्च हुने
-
विद्युतमा कर बढाउँदा आलोचना भएपछि ऊर्जामन्त्रीको प्रष्टीकरण, ‘जनतालाई थप आर्थिक भार नपार्न अर्थ मन्त्रालयलाई भनेको छु’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण