स्वास्थ्य बीमाको पहुँच पौने २१ लाखमा
सरकारले पाँच वर्षअघि लागू गरेको स्वास्थ्य विमा कार्यक्रमअन्तर्गत हालसम्म १७ अर्ब रुपैयाँ स्वास्थ्य उपचारमा खर्च भएको छ । स्वास्थ्य बिमा बोर्डका अनुसार चालू आवको फागुनसम्म विमकबाट उठेको २७ अर्व १६ करोड ५९ लाखमध्ये विभिन्न अस्पताललाई दिएको शोधभर्ना अनुसार सो रकम खर्च भएको हो।
बोर्डले १७ अर्ब रुपैयाँ भुक्तानी गरे पनि यो अवधिमा देशभरका ४४१ अस्पतालले भने २४ अर्ब २५ करोड १८ लाख रुपैयाँको दाबी भुक्तानी माग पठाएका छन् । बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले अस्पतालले दाबी गरेको औषधी उपचार खर्चर बोर्डले गरेको भुक्तानीमा प्रचलित ऐन र नियमावली अनुसार कागजात फरक देखिएका कारण दाबी भुक्तानीमा अन्तर आएको बताए ।
अस्पतालहरुले २४ अर्वको विमा दाबी भुक्तानी माग गरे पनि बोर्डले कागजात मिलेका अस्पताललाई १७ अर्व भुक्तान गरेको हो। विगत ६ वर्षमा स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत सरकारले २० अर्ब ५९ करोड अनुदान र बिमाको प्रिमियक संकलन ६ अर्ब ५६ करोड रुपैयाँ गरी २७ अर्व संकलन भएको छ।
सरकारको लक्षित वर्गमा पर्ने विभिन्न आर्थिक तथा सामाजिक क्षेत्रका नागरिकको स्वास्थ्य बिमाबापतको बिमा रकमका लागि गत र चालू आर्थिक वर्षमा १५ अर्ब भन्दा अनुदान दिएको छ। नेपालको संविधान (२०७२) को धारा ५१ (१५) मा राज्यका नीति अन्तर्गत नागरिकको स्वास्थ्य विमा सुनिश्चित गर्दै स्वास्थ्य उपचारमा पहुँचको व्यवस्था सुनिश्चित गर्न सरकारले स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको थियो । यो समाचार कारोबार दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी काण्डबारे लेखा समितिमा उठ्यो प्रश्न
-
सुदूरपश्चिममा सत्तारुढ दल एमालेले नै बजेटविरूद्ध खर्च कटौती प्रस्ताव ल्याउने
-
लेखा समितिको आन्तरिक कार्यविधि परिमार्जनसहित पारित
-
संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा
-
झ्याप–झ्याप बत्ती जाने समस्या समाधान गर्न कार्यदल गठन
-
१५ वर्षदेखि अलपत्र कमला पुल, जोखिमपूर्ण यात्रा गर्न बाध्य सर्वसाधारण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण